कालीबहादुर मल्ल-
कालिकोट — जिल्लामा भ्रष्ट्राचार विरुद्धको राष्ट्रिय हस्ताक्ष अभियान यस जिल्लामा पनि भदौ २३ गते सुरु गरिएको छ । “भ्रष्टचार विरुद्ध सून्य सहनशिलता, म सवैखाले भ्रष्ट्राचारको विरोध गर्दै, सदाचार प्रति प्रतिवद्ध रहने छु” । भन्ने मुल नाराकासाथ अभियानको सुरुवात गरिएको हो । सोही नारा लेखीएको प्रतिवद्धता व्यानरमा नगरपालिका का प्रमुख, गाउपालिकाहरुका अध्यक्ष, वडा अध्यक्ष संघ सस्था, पत्रकार राजनीति दललगाएतले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरिएको व्यानर स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्त्रण गरिएको छ ।

हस्ताक्षर गरिएको व्यानर वुझ्दै खाँडचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले यो प्रतिवद्धता कार्यन्वयनगर्दै नागरिकलाई सूचनाको हकको प्रत्याभुत गरउादै भ्रष्ट्रचारको अन्त्यका लागि कटिवद्धभइ लाग्ने प्रतिवद्धता जनाए । इन्सेक, नागरिक समाज सञ्जाल, किर्डाक, आरडिएन, सहास, आरआरएनलगाएतका नागरिक समाजका सस्थाहरुको संयुक्त पहलमा जिल्ला सदरमुकाम मान्ममा हस्ताक्षर अभियानको सुरुवात गरिएको हो ।


