सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको काँक्रेविहारले सिँजा साम्राज्यको झझल्को देखाइरहेकोे छ । विक्रम सम्वत् १३२५ मा सिँजा साम्राज्यका राजाले निर्माण गरेको काँक्रेविहारले कर्णालीको इतिहाँस स्मरण गराउँदै आएको हो । विरेन्द्रनगरको लाटिकोइलीको अग्लो डाँडामा अवस्थित काँक्रेविहारले धेरै मानिसलाई खोज र अनुसन्धानको विषय बनाएको छ । सुर्खेत उपत्यका भित्रैकै सवैभन्दा उचाइमा काँक्रेविहारको मन्दीर र अन्य भग्नावशेष छन् । सुर्खेत उपत्यकाको बीच भागमा हवाइजहाज बसेको जस्तो आकारमा बनेको काँक्रेविहारको भूखण्ड छ ।
२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ । काँक्रेविहारलाई संरक्षण गर्ने कार्यको थालनी गरिएको छ । भग्नावशेषबाट सुर्खेत उपत्यकाको दृष्य प्रष्टरुपमा देख्न सकिने भएकाले दृश्यावोलोकनका लागि पनि काँक्रेविहारको महत्व रहेको छ । काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट शिल्पकारी कारीगरीको नमुना देख्न पाइन्छ । विभिन्न आकारमा रहेका ढुङ्गाहरुमा विभिन्न प्रकारका बुट्टाहरु कुँदीएका छन् । काँक्रेविहारमा बुद्धको मुर्ति पाउनु र स्थानको नाममा पछाडी विहार जोडिएबाट भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको अनुमान गरिएको छ ।
काँक्रेविहारको निर्माण कुन समयमा भयो र कसले र्गयो भन्ने विषयमा ऐतिहासिक प्रमाणको खोजि भइरहेको छ । काँक्रेविहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरीएको पाइन्छ । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरुले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको किम्वदन्ती छ । सोही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ ।
यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरीन्छ । काँक्रेविहारको नामबाट नै निर्माणकर्ता र अनुयायीहरुको पहिचान गर्ने क्रममा कुकुच्छन्द बुद्धलमई समेत आधार बनाएको छ । उनको नामबाट विहार राखिएको हुँदा क्रमश भापाका ध्वनी परीवर्तनका ऐतिहाँसिक नियमहरुलाई पार गर्दै कुकुच्छन्द विहारवाट काँक्रेविहार नाम रहन गएको भन्ने भनाईलाई तर्कपूर्ण मानिएको छ ।
सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले मोहोनी लगाएको छ । काँक्रेविहारमा आन्तरिक तथा बाह्य पर्यटकको लागि सुन्दरताले भरिएको स्थलको रुपमा लिने गरिएको छ । सुनेको काँक्रेविहार भन्दापनि देखेको काँक्रेविहारले पर्यटकलाई निकै खुसी बनाएको छ । काँक्रेविहारमा सहभागीलाई वनभोजको लागि पनि उपयुक्त ठाउँ छ ।
दृश्य अवलोकन गर्न यो प्रशिद्ध ठाउँमा पर्यटकको भिड लागिरहेको हुन्छ । ऐतिहाँसिक स्थलको उचित संरक्षण सम्बर्धन गरीएमा कर्णालीको विकासमा ठूलो टेवा पुग्न सक्ने आन्तरिक पर्यटक धर्मराज सिँह बताए । भग्नावशेष रहेको स्थानदेखि दक्षिणतर्फसम्म उचाइमा एक थुम्को छ । जहाँ १२ वर्षको एकपटक पंचवली दिएन्छ । पंचवली नदिएमा रोगव्यथा वन्यजन्तु, भूतप्रेतले सताउनुको साथै अनावृष्टि भई विभिन्न दुस्खकष्ट व्यहोर्नु पर्छ भन्ने भनाई पनि प्रचलित रहेको छ ।
पुरातत्व विभागले काँक्रेविहार पुनर्निर्माणका लागि ३ वर्षभित्र काम सक्नेगरी २०७२ सालमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्शन प्रालिलाई पौने १० करोडमा ठेक्का दिएको थियो । पुनर्निर्माणमा थपिएको सम्झौता समयावधि सकिनै लाग्दा समेत ठेकेदार र सरकारले चासो दिएको छैन । यसको संरक्षण र पुर्नर्निणमा राज्यले चासो दिनुपर्ने काँक्रेविहार हेर्न गएका विमल शाहीले बताए ।
काँक्रेविहारमा दैनिक सरदर २ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । तर पिउने पानी, शौचालय जस्ता पूर्वाधार नहुँदा उनीहरू मर्कामा परेका छन् । विक्रम सम्वत् १३२५ मा सिन्जा साम्राज्यका राजा अशोक चल्लले काँक्रेविहार र्निर्माण गरेका हुन् । राजधानी वीरेन्द्रनगरदेखि करीब साढे ३ किलोमिटर दक्षिणतर्फ रहेको काँक्रेविहार १८९० सालको भूकम्पले भत्किएपछि भग्नावशेषको रूपमा रहेको थियो ।