वलात्कार गरेर यूवती हत्या गरिएको भन्दै नागरिक आन्दोलीत

१९ भाद्र २०७४, सोमबार १७:१२

कालिकोट – दैलेखको आठविस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विरुद्धमा यहाँका नागरिक आन्दोलनमा उत्रिएका छन् । कालिकोट तिलागुफा नगरपालिका—५ खल्लागाड निवासी १८ वर्षीया मनशोभा न्यौपानेलाई एक युवकले बलात्कारपछि हत्या गरेको सार्वजनिक भएपछि आन्दोलन गरिएको हो ।

सुर्खेत विरेन्द्र नगरपालिका — १ बाँग्गेसिमलका ३२ बर्षीय ट्रक चालक लक्ष्मीप्रसाद आचार्यले एक होटलमा बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोपमा नागरिक आन्दोलीत भएका हुन् । नागरिक समाज कालिकोटका संयोजक दमनराज बमको नेतृत्वमा स्थानीय महिला,नागरिक समाजका अगुवा, पत्रकार र बुद्धिजीवीहरुले आन्दोल गरेका हुन् । बलात्कार गरेर हत्या गरिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका आचार्यलाई कानुन बमोजिम जन्म कैद गरिनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत पेस गरिएको छ ।
भदौ १६ गते शुक्रवार सुर्खेतदेखि ना. ५ ख १८८७ नम्बरको ट्रकमा चालक आचार्यले निशुल्क घर पुगाइदिन्छु भन्दै हत्या गरिएकी न्यौपानेलाई साथमा ल्याएका हुन् । कालिकोट र दैलेखको सिमानामा पर्ने कर्णाली राजमार्गको दहिखोलो नजिकको गगने खोलामा भिषण पहिरो आएपछि ति युवतीलाई चालकले खिड्कीज्युलाको एक होटलमा बन्दक बनाएर राखेका थिए । पहिरोले बाटो बन्द भएको निहुँमा ट्रक चालक लक्ष्मीप्रसाद आचार्यले होटलमा लगेर राखेका थिए । बलात्कार गरेर मृत्यु भएकी न्यौपानेलाई आफ्नो भान्जी नातापर्ने भन्दै खिड्कीज्युलाको सलामी होटलमा कोठा लिएर राखेका थिए ।

शनिवार विहान कोठावाट आचार्यले विष शेवन गरी भनेर घाहिते अवस्थामा होटल बाहिर उनलाई आफै बोकेर ल्याएका होटलवालाले बताए । मृत्यु भएकी किशोरीको शरीर भरीको कपडा रगतले मुछिएको स्थानीयले बताए । रातभरी बलात्कार गरेर मर्ने अवस्था भईसकेपछि बजारबाट मालाथिन नामक विष मुखमा आचार्यले हालिदिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।
होटल संचालक कृष्ण आले मगरले ग्राहक आएका भन्दै कोठा मिलाई दिए । तर, होटल संचालक सुतिसकेपछि राती के भयो त्यसको जानकारी कसैलाई भएन् । होटल संचालक आले मगरका अनुसार, यस्तो घटना कहिलै भएको थिएन् । यसरी कोठामा किशोरी मारिन्छ भन्ने थाहा पाएको भए त किन वास दिन्थे । मदिरा पीएर ति किशोरीलाई ट्रक चालक आचार्यले अन्य उनका साथीलाई बोलाएर पालैपालो वलात्कार गरेर मारेको प्रहरीको अनुसन्धान छ । प्रहरीका अनुसार ट्रकका चालकले सुर्खेतबाट कालिकोट घरसम्म लगिदिने भन्दै ट्रकमा चढाएका थिए । दैलेखका डीएसपी सरोज पौडेलले युवती र युवाको उमेर पुगेकाले बलात्कार भन्न नसकने र अस्पतालको रिपोर्टका आधारमा अगाडि बढ्ने बताए ।
बलात्कार गरेको हो या आत्म हत्या भएको हो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भईरहेको डिएसपी पौडेलले सुनाए । उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी भएको छ, घटनाको थप अनुसन्धान जारी छ, हामीले ट्रक चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ स्थानीयका अनुसार शनिबार बिहान आचार्यले ती युवतीले विष खाएको भन्दै राकम बजारको एक निजी मेडिकलमा उपचारका लागि पु¥याएका थिए । सोही क्रममा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । शनिबार नै युवतीलाई थप उपचारको लागि दैलेख सदरमुकाम लैजाने क्रममा बाटोमै ज्यान गएको थियो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरेको छ ।

Next Post

२५० किलाेग्राम ताैल भएको मृत भालुको अन्त्येस्टी

१९ भाद्र २०७४, सोमबार १७:१२
जुम्ला : पातारासीको तल्फी र पेरेगाउँको माझमा मृत भेटिएको भालुको अन्त्येस्टी गरेको छ। जुम्ला खलंगाबाट १६ कोष टाढा रहेको तल्फीमा भालु मरेको खबर पाएपछि मरेको भालुलाई वन कार्यालयका कर्मचारी र प्रहरीले दुई दिन लगाएर सदरमुकाममा ल्याएकोे जिल्ला वन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए।  जिल्ला पशुसेवा कार्यालयका डांक्टर रोशन कर्माचार्य र […]