लोकतान्त्रिक समाजवादी निर्वाचन आयोगमा दर्ता

मिसन न्यूज ९ भाद्र २०७८, बुधबार २१:१०

काठमाडौं –  महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधिसभाका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले सनाखत गरेका छन् ।

Next Post

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

९ भाद्र २०७८, बुधबार २१:१०
धनुषा – एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ […]