यथास्थितिमा संशोधनलाई समर्थन गर्न सक्दैनौंः गच्छदार

२३ पुष २०७३, शनिबार ११:१९

२३ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा आफ्नो दलले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताएका छन् । साथै सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिर्माजन नगरी समस्या समाधान नहुने दाबी समेत गरे ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै गच्छदारले ७ प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने जिकिर गरे । ८ प्रदेशको सहमति तोडिएकाले नै अहिलेको अवस्था आएको दाबी गर्दै उनले भने, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर निकै विवादित जिल्ला रहँदै आएका छन्, तर यो संशोधन प्रस्तावले यसको कुरा गरेको छैन, त्यसैले यथास्थितिमा हामीले समर्थन गर्दैनौं ।’

यो विधेयकमा थारुहरुप्रति ठूलो धोका भएको भन्दै उनले पूर्वको एउटा प्रदेश बनाउनु पर्ने र कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने माग अघि सारेका छन् ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने उनले बताए ।

आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा लागेको पार्टी नभएको जिकिर गर्दै उनले भने, ‘मैले मुलुकको निकासको लागि जहिलेपनि मध्यमार्गी भूमिका निर्वाह गरेको छु, चाहे त्यो संविधान जारी गर्नको लागि होस् चाहे अरु बेला नै किन नहोस्, अहिलेपनि म सहमति र निकासका लागि दलहरुसँग छलफलमा छु ।’

प्रमुख दलहरुवीच सहमति, सहयकार्य र एकताको अहिलेपनि उतिकै खाँचो रहेको उनले बताए ।

 

Next Post

पानकलीमा धमालाकाे हमला

२३ पुष २०७३, शनिबार ११:१९
कालिकोट,माघ–१ खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र पानकली निर्माण भएको छ । कर्णालीको बिगतमा दलित महिलाहरुले भोग्नु परेको समस्याका बिषयलाई चलचित्र कथामा उतारिएको हो । नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको खस भाषाको चलचित्र पानकली पश्चिम नेपालको जुम्ला, कालिकोट, कैलाली, सुर्खेत र बर्दिया च्यारोटी सो गरेर […]