विद्यालय क्षेत्र सुधार कार्यक्रमको लाखौं बजेट दोहन

१ भाद्र २०७४, बिहीबार ०८:३०

कालिकोट – विद्यालय क्षेत्र सुधार कार्यक्रम नाममा मात्र सुधार भएको छ । जिल्लाका २९४ विद्यालयमा लागु भएको कार्यक्रमको प्रतिफल शुन्यमा झरेको छ । विद्यालय भवन निर्माण, निशुल्क पाठ्यपुस्तक, मसलन्द, खाजा, छात्रबृतीलगायतका शिर्षकमा बजेट आए पनि यसको सहि सदुपयोग नभएको जिल्लावासीको गुनासो छ । विद्यायलय जस्तो शिक्षा आर्जन गर्ने र शिक्षामा सुधार गरी परिवर्तन गर्ने उद्देश्यले आएको लाखौं बजेट बालुवामा पानी भएको नागरिक समाजका अगुवा अमलराज शाहीले बताए । उनले भने, ‘विद्यालय सुधार भएको छैन् ।

विद्यालय यो कार्यक्रमले विगारेको छ । तत्काल यसको छानविन र अनुसन्धान सम्वन्धित निकायले गर्नु पर्छ । ’ विद्यालय सुधार कार्यक्रमको अहिलेसम्म अनुगमन मुल्यांकन समेत नभएको यहाँका नागरिकको गुनासो छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक जशीप्रसाद चौलागाईका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०७२।०७३ मा संचालन भएको हो । उनले भने, ‘सतप्रतिशत विद्यालय सुधार नभए पनि केहीकुरामा त सुधार भएकै छ । विद्यालयमा अनुगमन र निरिक्षण गर्दा पहिलेको तुलनामा परिर्वतन आएको छ ।’

शिक्षा क्षेत्र सुधारका लागि सरकार र दातृ निकायले लाखौं रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ । सन् २००९ देखि २०१५ सम्म विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) र अहिले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) का नाममा विश्व बैंकको सहयोगमा जिल्ला भरका विद्यालयमा सञ्चालन गरिएका परियोजना प्रभावहीन देखिएका छन् ।

कुन विद्यालयमा कस्तो भौतिक संरचना र कुन शिक्षकलाई कस्तो तालिम चाहिन्छ भनेर छान्ने प्रक्रिया व्यावहारिक नहुँदा लगानीअनुसार उपलब्धि हासिल नभएको अभिभावक बताउँछन् । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विद्यालयका लागि भौतिक संरचना निर्माण, मर्मत र क्षमता विकासका लागि बजेट उपलब्ध गराइन्छ । तर, कुन विद्यालयमा कस्तो भौतिक संरचना र कुन शिक्षकलाई कस्तो तालिम चाहिन्छ भनेर छान्ने प्रक्रिया व्यावहारिक नहुँदा लगानीअनुसार उपलब्धि हासिल नभएको मोतिराम मावि सिप्खाना रास्कोटका विव्यस अध्यक्ष मुस्कान शाहीले बताए ।

नेपाल शिक्षक महासंघ कालिकोटका अध्यक्ष पंखबहादुर शाहीले आवश्यकताभन्दा पनि मापदण्डका आधारमा सुविधा वितरण गर्दा उपलब्धि न्यून भएको बताउँछन् । उनले तालिममा सिकेको सीप कक्षाकोठामा प्रयोग गर्न शिक्षकहरू असफल भएको गुनासो धेरैतिरबाट आइरहेको बताए । ‘तालिमपछि विद्यालयमा सिकाइमैत्री वातावरण बनाउने, विद्यार्थीको मनोविज्ञान बुझ्ने, विद्यार्थीलाई दण्डरहित गर्नेजस्ता अभ्यास कार्यान्वयन भएको देखिन्छ, ।

जिल्लाका अधिकांस विद्यालयमा सिकाइ–शिक्षण क्रियाकलाप, शैक्षिक सामग्री प्रयोगजस्ता विषयमा भने शिक्षकलाई थप अभ्यास आवश्यक देखिए पनि प्रभावकारी काम भएको छैन् ।

एसएसडिपी परियोजनाअन्तर्गत जिल्लामा शिक्षा कार्यालय र शैक्षिक तालिम केन्द्रले मुख्य रूपमा विद्यालयको भौतिक विकास र शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, सेमिनारलगायत आयोजना गर्छन् । तर, शिक्षकलाई बेलाबेला तालिम दिइए पनि कक्षाकोठामा भने उनीहरूले सिकेको सीप प्रयोग गर्न नसकेको अभिभावकको गुनासो छ ।

Next Post

पीडितकाे घाउँमा मलम लगाउदै महासचिव शाही

१ भाद्र २०७४, बिहीबार ०८:३०
काठमाडौँ- नेपाल तरुण दलले तराई क्षेत्रका बाढीपीडितका लागि सहयोग गरेको छ । दलले मंगलबार बाढीपीडितका लागि संकलन गरेको २१ कार्टुन लत्ताकपडा नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई प्रदान गरेको छ । दलका अध्यक्ष जित जङ्ग बस्नेत र महासचिव भुपेन्द्र जङ्ग शाहीले संयुक्त रुपमा वितरण गर्नुभएको हो । यसैबीच नेपाली […]