सानिमा बैंकद्धारा कर्णालीको विपद् कोषमा १० लाख जम्मा

९ बैशाख २०७७, मंगलवार १६:३१

निर्मला शाही – सुर्खेत – विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्नका लागि राहत दिने सहयोगी हातहरु जागेका छन् । कोरोनाको विषम अवस्थालाई मध्यनजर गर्दै कर्णालीमा कार्यरत वित्तिय संस्थाले पनि राहत सहयोग गर्न थालेका हुन् । सानिमा बैंकको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेश स्तरिय विपद् कोषमा १० लाख रकम जम्मा गरेको छ ।

कोरोना भाईरस रोकथाम तथा राहत स्वरुप कर्णाली प्रदेश सरकारले स्थापित गरेको प्रदेश स्तरिय विपद् कोषमा सानिमा बैंकले रकम दाखिला गरेको हो । सानिमा बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतले १० लाखको चेक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्त्रण गरेको छ । मुख्यमन्त्री शाहीलाई चेक हस्तान्त्रण गर्दै सानिमा बैंकका कर्मचारीले यस्तो कोरोनाको कहरको संकटमा सहयोग गरेको बताए ।

मुख्यमन्त्री शाहीले कोरोना भाईरसको संकटमा सानिमा बैंकको कर्णाली प्रदेश कार्यालयले उत्साहपूर्ण रुपमा दश लाख रकम विपद् कोषमा सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका छन् । मुख्यमन्त्री शाहीले अन्य कर्णालीमा रहेका सवै वित्तिय संस्थालाई समेत कर्णालीको विपद् कोषमा रकम जम्मा गर्न आग्रह गरेका गेका छन् । ‘सानिमा बैंक र अन्य धेरै वित्तिय संस्थाहरुले यो संकटमा हातेमालो गरेका छन् ।’ उनले भने ‘सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’ कर्णाली प्रदेशका दश वटा जिल्लाममा रहेका ७९ वटा स्थानीय तह, प्रदेशको विपद् कोषमा रकम जम्मा भइरहेको छ ।

कर्णाली प्रदेश स्तरिय विपद् कोषमास यस अघि भाटभटेनी डिपार्टमेन्टल स्टोरले २५ लाख सहयोग जम्मा गरेको थियो । त्यस्तै सुर्खेतमा रहेको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले पनि प्रदेश विपद् कोषमा २५ लाख जम्मा गरेको छ । सुर्खेतमा कार्यक्षेत्र बनाएर काम गरिरहेका धेरै वित्तिय संस्थाहरुले प्रदेश विपद् कोषमा सहयोग रकम धमाधम जम्मा गरेका छन् । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाको नगर स्तरिय विपद् कोषमा समेत सहयोग रकम जम्मा भईरहेको छ ।

Next Post

कोरोनोविरुद्ध विपद् कोषमा किर्डाककाे आर्थिक सहयाेग

९ बैशाख २०७७, मंगलवार १६:३१
सुर्खेत- विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न कर्णालीमा धमाधम आर्थिक संकलन भईरहेको छ । राहत तथा उद्धारका लागि विभिन्न संघ संस्था तथा वित्तीय संस्थाहरुबाट रकम संकल भइरहेको हो । कर्णालीका नागरिकलाई रोग भोकबाट बाँच्चनको लागि यतिवेला सहयोगी हातहरु जागेका छन् । कोरोनाको विषम अवस्थालाई मध्यनजर गर्दै कर्णालीमा कार्यरत संस्थाले राहत […]