‘सुरक्षाकर्मीको तलब हाेइन, सांसदहरुको तलब कट्टा गराैं‘ : महासचिव शाही

२९ चैत्र २०७६, शनिबार १९:१३

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सा‌ंसदहरकाे तलब काेराेना काेषमा जम्मा गर्न जरुरी भएकाे बताएका छन् ।

नेता शाहीले संघ र प्रदेशका  प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री देखि सबै सांसदकाे एक वर्षको तलब कोरोना रोकथाम कोषमा जम्मा गर्नुपर्ने बताएका हुन्। कोरोना कोषमा जम्मा गर्न सुरक्षाकर्मीहरुको पारिश्रमिक कट्टा गरिने निर्णयकाे नेता शाहीले आपत्ति जनाए ।

शाहीले विपदमा खटिने सुरक्षाकर्मीको नभई सांसदहरुको तलब काटिनुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमार्फत शाहीले आफ्नो ज्यानको प्रवाह नगरी मैदानमा खटिएका प्रहरीको पारिश्रमिक कट्टा गर्नु जनपक्षीय काम नभएकाे टिप्पणी गरेका हुन् ।

Next Post

वीरगन्जमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ

२९ चैत्र २०७६, शनिबार १९:१३
काठमाडौं– थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा उनीहरुको रिर्पोट अस्पष्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । […]