पर्यटकलाई मोहोनी लगाउँदै बुलबुले ताल

२३ चैत्र २०७५, शनिबार १९:१५

सुर्खेत – बुलबले ताल भन्दा वित्तिकै प्रायः अधिकांसले चिन्ने गर्दछन् । बुलबुलेको दृश्य खासै नौलो भने, होइन् । तर, बुलबुले भित्रको बुलबुले पहिचान हुन सकेको छैन् । बुलबुले ताल कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई चिनाउने एउटा माध्यम बन्न पुगेको छ । बुलबुले ताल आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्य बनेको छ ।

बुलबुले तालको बारेमा सामान्य ज्ञानको प्रश्न सोधिँदा एउटा लोकप्रिय प्रश्न हुनेगरेको छ, ‘बुलबुले ताल कुन जिल्लामा पर्छ ?’ यसको उत्तर जो कसैले पनि ‘सुर्खेत’ मा पर्छ भनेर भन्छन् । यो ताल टेलिभिजन तथा रेडियोमा बज्ने गीतमध्ये एउटा लोकगीत चर्चित छ । ‘सुर्खेत बुलबुल ताल, माया, मै सानी हुनाले छुट्यो मायाजाल ।’ बुलबुल तालको बारेमा यो पहिलो गीत रेकर्ड भएपछि यो तालको नाम लिएर १ दर्जनभन्दा बढी गीत रेर्कड भएका छन् । यो तालले कर्णालीको सुन्दरताको पहिचान दिइरहेको छ । पर्यटकको रोजाइमा कर्णालीको भ्रमणको प्याकेजभित्र बुलबुले ताल पर्ने गर्दछ । बसन्त ऋतुको आगमनसँगै आजभोली पर्यटकको भिड लाग्ने गरेको छ ।

पर्यटकीय गन्तव्य बनेको बुलवुले ताललाई संरक्षण गर्ने र त्यसलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको तालको संरक्षणका लागि सुर्खेत उपत्यका नगरविकास समितिले ताल व्यवस्थापनको काम गरिरहेको छ । तालको कम्पाउण्डमा पर्खाल लगाएको र ताल वरिपरिको बगैँचालाई व्यवस्थित बनाउन अध्ययन भइरहको समितिले बताएको छ । सुर्खेतको यो तालमा जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको यहाँका जानकारहरु बताँउछन् ।

बुलबुले ताल समुन्द्र सतहबाट लगभग ६५७ मिटर तथा २१५७ फिटको उचाइमा अवस्थित छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको कोहलपुरदेखि उत्तरतर्फको रत्न राजमार्ग हुँदै ८७ किलोमिटरको यात्रापछि कर्णालीको प्रदेशको राजधानी सुर्खेतमा पुगिन्छ । बुलबुले ताल सुर्खेत—जुम्ला सडक खण्डबाट झन्डै एक किलोमिटर दूरीमा रहेको छ । वीरेन्द्रनगरबाट सवारी सधानमा झन्डै २० मिनेटमा यो तालमा पुग्न सकिन्छ । तालमा प्रवेशका लागि १० रुपियाँ टिकटको व्यवस्था गरिएको छ ।

हाल बुलबुले तालमा कम्पाउन्ड लगाइएको छ भने नुहाउन तथा लुगा धुनका लागि १० वटा धाराको व्यवस्था गरिएको छ । जहाँ एकातिरको ५ वटा धारा महिलाले प्रयोग गर्छन् भने अर्काेतिरको ५ वटा धारो पुरुषले प्रयोग गर्छन् । ताल आसपासको क्षेत्रमा हरियाली, रमणीय, शान्त र सुन्दर वातावरण रहेको छ । तालको वरिपरि बगैँचा र पिकनिक स्पट निर्माण गरिएको छ । विद्यार्थीहरुका लागि यो ताल ज्ञान केन्द्रको रुपमा पनि लिन सकिन्छ । यहाँ शिक्षकले विद्यार्थीलार्य भ्रमण तथा अवलोकन गर्न ल्याउने गर्दछन् ।

एकान्त र शान्त मन पराउनेहरूका लागि निकै राम्रो छ । बुलबुले तालले यहाँ आउँने पर्यटकलाई सुन्दरताले मोहोनी लगाएको छ । यो तालभित्रको प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने हो भने यसले पर्यटन प्रवद्र्धनमा मद्दत पुर्याउने निश्चित छ ।

Next Post

६४ वर्षपछि उचाइ नाप्न सगरमाथाकाे टुप्पाेमा जाँदै सरकारी टाेली

२३ चैत्र २०७५, शनिबार १९:१५
काठमाडाैं – विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले […]