अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

१५ मंसिर २०७५, शनिबार १२:२६

काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए।

बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल ब्यारि समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्।

राष्ट्रपति बन्नुअघि ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका बुशले तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औं राष्ट्रपति हुन्।

Next Post

प्रदेश सरकारको प्रमुख सचिव र सचिव संघीय सरकारको मातहतमा

१५ मंसिर २०७५, शनिबार १२:२६
काठमाडौं – संघीय सरकारले प्रदेश सरकारको प्रमुख प्रशासकीय कार्यकारी प्रमुख सचिव तथा सचिवहरुको खटनपटन र सरूवा गर्ने अधिकार आफैंसंग राख्दै प्रदेश निजामती सेवा ऐन मस्यौदा बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश निजामती ऐनको मस्यौदा तयार गर्दै केही दिनभित्रै सात वटै प्रदेशमा पठाउने तयारी गरेको हो। प्रदेश निजामती […]