कालिकोट– जिल्लाको पलाँता गाउँपालिकाले गठन गरेको कार्यदल रारा पुग्ने भएको छ । १५० जनाको संख्या रहेको कार्यदलले राराको मनोरम दृश्य हेरेर आनन्द लिने भएको हो । पलाँताको विकास र समृद्धिका लागि गठन गरिएको युवा दस्ताले एक महिनाको वेतलवि विदा लिएर राराको पर्यटकिय क्षेत्र नियाल्ने तयारी गरेको छ । यही कार्तिकको दोस्रो साता कार्यदलको थकान मार्न रारा पुग्ने तयारी भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम (पलाँती कान्छा) ले बताए । अध्यक्ष बमले भने, ‘कार्यदललाई स्वर्गकी अप्सराको रुपमा चिनीने रारातालाको अवलोकन गराएर आनन्द लिने हो । बर्षभरीको १२ महिनामा कार्यदलले कहिलै फुर्सद नपाउने भएकाले दशैंतिहारको अवसर पारेर रारा जाने तयारी गरेको हौँ ।’
कार्यदलले गाउँमा हुने विकृति विसंगती विरुद्ध विभिन्न जनचेतनाका कार्यक्रम गर्दै आएको छ । विहान ६ बजे देखि वेलुका ५ बजेसम्म गाउँपालिकाको काममा व्यस्त हुने गरेका छन् । विहान उठेर शैन्य शैलीमा (रोलकाल) गर्ने मर्निक वाक र हल्का सारीरीक व्याम समेत गर्ने गरेका छन् । एक पटक राराको वरिपरी परेड खेलेर आउने कार्यदलले बताएको छ ।
गाउँमै रोजगारी
कार्यदलको प्रति व्यक्तिलाई महिनाको २५ हजारका दरले गाउँपालिकाले तलव दिने गरेको अध्यक्ष बमले बताए । राराताल घुमेर त्यहाँको पर्यटकिय क्षेत्रको अध्ययन र अवलोकन गरेर फर्किने कार्यदलमा आवद्ध कल बमले बताए । भारत गएर पैँसा कमाउने दिन विर्सेको कार्यदलका बमले बताए । उनले भने, घरमै वसेर गाउँपालिकामा हुने विकासका काम गरेका छौ । हामिजस्ता वेरोजगार युवा अहिले रोजगारी भएका छौ । एक महिनाको वेतलवि विदा लिएर राराको तयारी गरेको अर्का युवा टक्क रोकायाले बताए ।
स्थानीय तहको निर्वाचन पश्चात पलाँताका वेरोजगार युवाले रोजगार पाएका छन् । विगतमा पलाँताको अवस्था अत्यान्तै नाजुक थियो । तर, गाउँपालिकाले वेरोजगारलाई रोजगारको सृजना गरेको छ । जिल्लाकै पिछडिएको क्षेत्रको रुपमा चिनिने पलाँता स्थानीय जनप्रतिनिधि आएपछि केहिरुपमा बदलिएको छ । गाउँपालिकाले विदेश जाने युवालाई गाउँमै गरि खाने बनाएको छ । पलाँताका स्थानीय विगतका बर्ष भारत गएर घरपरिवार लाई पालनपोषण गर्ने गर्थे । हाल ति वेरोजगार स्थानीय गाउँपालिकाको हरेक गतिविधिमा संलग्न छन् । पलाँताको टोल टोलमा निर्माण कार्यदल छन् ।
एक महिना वेतलवी विदा
तिहारको वरिपोरी एक महिना वेतलवि विदामा वसेको कार्यदलले समाज सुधारका लागि देउसी भैलो अभियान चलाउने तयारी समेत गरेको छ । राराबाट फर्किए लगत्तै देउसी भैलो खेल्ने तयारी रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । कार्यदलले भवन निर्माण, सडक, वाटो, पुलपुलेसा, खानेपानीलगायतका पुर्वाधारका क्षेत्रमा काम गर्ने गरेको छ । पलाँता गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न कार्यदलको विशेष भुमिका रहेकाेअध्यक्ष बमले बताए ।