वैदेशिक रोजगार कार्यालयमा दलालको भागाभाग

मिसन न्यूज १ मंसिर २०७८, बुधबार १३:२०

काठमाडौं- श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा छड्के गरेका छन् । कार्यालयबाट हुने सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ आकास्मिकरूपमा पुगेका हुन् । मन्त्री र मन्त्रालयका अधिकारीको प्रवेशसँगै कार्यालय र आसपासमा रहेका बिचौलियाको भागाभाग भएको थियो ।

मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले विभागमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन राख्न, दलाली आतंक बन्द गर्न, हेल्प डेस्क राख्नसँगै आवश्यक उपकरण थप्न निर्देशन दिए ।

साथै अहिले कायम एक हजारबाट टोकन संख्या बढाएर १५ सय पुर्‍याउन पनि निर्देशन दिएका छन् । छड्केका लागि एक्कासी पुगेका मन्त्री श्रेष्ठले अनुगमनका क्रममा लाइनमा बसेका सेवाग्राहीले गुनासो पोखेका थिए । कार्यालयमा पहिलेदेखि सेवा चुस्त नभएको, सेवाग्राहीलाई सास्ती दिने गरेको र दलालीका कारण समस्या हुने गरेको गुनासो आइरहन्थ्यो ।

Next Post

१९ बर्षिया वडा सभापति स्वस्तिका भुपेन्द्रजंग शाहीको समर्थनमा

१ मंसिर २०७८, बुधबार १३:२०
सुर्खेत– चर्चित १९ वर्षीया किशोरी स्वस्तिका महत भुपेन्द्रजंग शाहीको सर्मथनमा लागेकि छन् । नेपाली कांग्रेसको १४ औैं महाधिवेशनको सरगर्मी चलिरहँदा स्वस्तिका प्रदेश सभापतिका उम्मेदवार शाहीको समर्थनमा लागेकी हुन् । दैलेख दुल्लु नगरपालिका–३ नेपाकी महत १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएसँगै भुपेन्द्रजंग शाहीको समर्थनमा लागेकी हुन् । राजनीतिक वातावरणमै हुर्किएकी […]