कालिकाेटकाे पिलीमा निःशुल्क स्वास्थ्य शिविर हुने

३ कार्तिक २०७४, शुक्रबार ०९:३०

कालिकोट – जिल्लाको सदरमुकामदेखि पुर्वी क्षेत्रमा पर्ने पिलीमा निःशुल्क स्वस्थ्य शिविर हुने भएको छ । यही कार्तिक ११ गते स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र कालिका गाउँपालिका स्थानीयलाई लक्षित गरी शिविर संचालन हुने भएको छ ।

माओवादी केन्द्रका नेता खेमबहादुर सिँहको पहलमा शिविर संचालन हुन लागेको हो । शुक्रवार जिल्ला सदरमुकाम मान्ममा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खेमबहादुर सिँहले भने, ‘पाँच जना विषेशज्ञ डाक्टर शिविरमा सहभागी हुनेछन् ।’ नेता सिंहको अगुवाई र जिल्ला अस्पताल कालिकोट, ए.एन.वि.हस्पिटल प्रा.लि.पलाता, हिमालयन सेवा समाज महावैको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

स्वास्थ्य शिविरमा विषेशज्ञ डाक्टरहरुको उपस्थिति हुने र पेट, छाती, मुटु, तथा टाउको वालरोग, स्त्री रोगको उपचार हुने खेमबहादुर सिंहले बताए । ‘स्वास्थ्य शिविरमा विषेशज्ञ डाक्टरहरुको उपस्थिति रहने छ ।’ उनले भने,–‘त्यहाँ सबै प्रकारका रोगको उपचार गरिनेछ ।’

निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिनेहरुमा जटिल प्रकारको रोग वा अप्रेशन गर्नुपर्ने बिरामी उपस्थिति भएमा उनीहरुको थप उपचार सुबिधा सम्पन्न अस्पतालमा गर्ने ब्यवस्था समेत मिलाइएको सिंहले बताए । ‘जटिल प्रकार विरामी आएमा सुबिधा सम्पन्न अस्पतालमा उपचार गरिने छ ।’ उनले भने,–‘निःशुल्क उपचार गरिने ब्यवस्था समेत मिलाएको छ ।’

 

Next Post

आइतबार ३२ जिल्लामा मनोनयन दर्ता गरिदै

३ कार्तिक २०७४, शुक्रबार ०९:३०
काठमाडौं –आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम […]