कांग्रेसमा मनोनयन गृहकार्य

१४ माघ २०७३, शुक्रबार १०:०७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति, कार्य सम्पादन समिति र विभागहरूलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा प्रदेश समिति निर्माण तयारीमा पनि लागेका छन्। देउवा निकट स्रोतका अनुसार मध्यपश्चिम क्षेत्रबाट काठमाडौ फर्केलगत्तै पार्टीका विभिन्न समिति र विभागलाई पूर्णता दिने गरी गृहकार्य भइरहेको छ। देउवा शनिबार काठमाडौं फर्कदै छन्। काठमाडौं फर्केलगत्तै उनले विभिन्न समिति र विभागमा मनोयन गृहकार्य तीब्र बनाउने स्रोतले बतायो। देउवामाथि महाधिवशेन भएको एक वर्ष बित्दा पनि केन्द्रीय समितिलगायत निकायलाई पूर्णत दिन नसकेको आरोप लाग्दै आएको छ।

कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति २७ सदस्ययी हुनेछ। तत्कालीन सभापति सुशील कोइरालाले आफ्नो कार्यकालभर कार्यसम्पादन समिति बनाएका थिएनन्। देउवाले कार्यसम्पादन समिति बनाउने र केन्द्रीय समितिलाई पूर्णता दिन मनोनयनका लागि गृहकार्य थालेको स्रोत बताउँछ। केन्द्रीय समिति बस्न नसकेको बेलामा कार्यसम्पादन समिति बैठकबाट निर्णय लिन सक्ने व्यवस्था कांग्रेस विधानमा छ। कार्यसम्पादन समिति गठन नभएकाले कुनै विषयमा तत्काल निर्णय गर्नुपर्ने भयो भने सभपातिले पदाधिकारी बैठक बोलाउने गरेका छन्। पदाधिकारी बैठकबारे विधानमा केही व्यवस्था छैन।

कांग्रेस नेता गोपालमान श्रेष्ठले सभापतिले कार्यसम्पादन समिति, प्रदेश समिति निर्माण तथा केन्द्रीय समिति र विभागहरूलाई पूर्णता दिन गृहकार्य सुरु गरेको जानकारी आफूले पाएको बताए। ‘सभापतिज्यूले कार्यसम्पादन समिति, प्रदेश समितिको संयोजक तथा पार्टीका विभिन्न समितिमा रिक्त ठाउँमा चाँडै नै मनोनयन गर्ने तयारी गरेको जानकारी पाएको छु’, श्रेष्ठले भने, ‘हामीले पनि सभापतिलाई जतिसक्दो चाँडो मनोयन गर्नुहोस् भनी सुझाव दिइरहेका छौं।’ नागरिक न्युजबाट

Next Post

हिमपात र वर्षाले अाधा कृषक दुःखी अाधा कृषक खुसी

१४ माघ २०७३, शुक्रबार १०:०७
पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ । कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ । पानी र हिमपातका कारण धेरै चिसो बढेको छ । धेरै चिसोको महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ । शुक्रबार विहानैदेखिको […]

You May Like