कम्युनिस्ट विश्वास गर्ने जात होइन : महामन्त्री कोइराला

१० माघ २०७३, सोमबार ०८:५४

काठमाडौं । राजनीतिक संक्रमणका हरेक मोडमा कोइराला परिवारका तर्फबाट निर्णायक हस्तक्षेप रहने गरेको नेपालको इतिहास छ। संविधान जारी भएपछि देशको संक्रमण अन्त्य हुने अपेक्षा गरिएको थियो, तर समस्या जटिलै छन्। तर, त्यो गाँठो फुकाउन यो देशमा कोइरालाहरूको भूमिका प्रभावकारी देखिएको छैन जबकि बिपी कोइरालाका उत्तराधिकारीका रूपमा डा. शशांक कोइराला यतिवेला कांग्रेसका निर्वाचित महामन्त्री छन्।
प्रमुख दलबीच भइरहेका राजनीतिक छलफलमा उनी सक्रिय छैनन्, बरु संविधानले प्रत्याभूत गरेको संघीयता, धर्मनिरपेक्षताबारे उनको आफ्नै अडान के हो भन्नेमा प्रश्न छ। त्यसमाथि कांग्रेस सहभागी सरकारबारे महामन्त्री शशांकको मूल्यांकन कस्तो छरु चासो यो विषयमा पनि छ। उनले कम्युनिस्ट विस्वास गर्ने जात नभएको बताएका छन्।

साथै उनले स्थानीय, प्रदेश र संसद्को चुनाव गराउनैपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन्। उनले वैशाख अन्तिम साताका लागि चुनाव घोषणा गरौँ भन्नेबारे कुरा आइरहेको तर त्यो मिति ढिला हुने बताएका छन्। उनले कांग्रेसको चार तारामध्ये एउटा ताराचाहिँ धार्मिक स्वतन्त्रताको प्रतीक भएको तर धर्मको इस्युलाई नउठाई तीनवटा निर्वाचन भइसकेपछि धर्मको विषयमा जनमत संग्रहमा जानु ठीक भएको धारणा व्यक्त गरेका छन्। नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा महामन्त्री कोइरालाले भनेका छन् ।

Next Post

पर्यटन बिकासले कर्णालीको समृद्धि

१० माघ २०७३, सोमबार ०८:५४
कालिकोट-कर्णालीको पर्यटन बिकासले देशकै समृद्धिको मुहार फर्नेमा जोड दिइएको छ । सदरमुकाम मान्मा आयोजित पर्यटन पत्रकारिता कार्यशालामा सहभागीले जोड दिएका हुन । कर्णालीको आर्थिक र समृद्धिको मुल आधार नै पर्यटन हुने भएकाले सुन्दर कर्णालीलाई समाचार माध्यामबाट पहिचान गर्न आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कर्णालीका पर्यटकिय क्षेत्र प्रचारप्रसारको कमिले […]