विवाहलाई ‘नो चान्स : मनिषा कोइराला

९ जेष्ठ २०७४, मंगलवार १२:०३

मुम्बई- सात वर्षअघि काठमाडौंका व्यापारी सम्राट दाहालसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको वैवाहिक जीवन लामो समय टिक्न सकेन। हनिमुनका लागि फिनल्यान्ड पुगेको यो जोडी दुई वर्षपछि अलग्गिए।

सम्राटसँग छुट्टिएकै साल पाठेघरको क्यान्सर भएपछि उनले तीन वर्षको उपचारपछि क्यान्सरबाट छुट्कारा पाइन्। औपचारिक रूपमै दाम्पत्य जीवनको समाप्तिपछि मनीषा नेपाल र मुम्बई दुवै ठाउँमा रहँदा परिवारसँग मात्र बस्दै आएकी छिन्। फिल्म ‘डियर माया’ मार्फत फिल्मी पर्दामा पुनरागमन गर्न लागेकी मनीषा विवाह गर्ने मनस्थितिमा छैनन्।

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले आफ्नो ध्यान काममा नै रहेको बताएकी छिन्। ‘म अब पूर्णरूपमा काममा मात्र ध्यान दिनेछु, म विवाहलाई नो चान्स भन्न चाहन्छु,’ मनीषाले भनिन्, ‘म विवाह त के अन्य कुनै पनि सम्बन्धमा समेत जोडिन चाहन्नँ। मेरो जिन्दगी अब धेरै अगाडि बढिसकेको छ।’

क्यान्सर अघि र पछि विश्वका धेरै देश घुमिसकेकी उनको चाहना विवाहजस्तो बन्धनयुक्त संस्कारभन्दा टाढा बस्नेछ। ‘म नयाँ कुराको खोजी गर्न चाहन्छु, जब म क्यान्सरसँग जुधिरहेको थिएँ, त्यो बेला मैले जिन्दगीको अर्थलाई नजिकबाट नियाले। अब मेरा लागि जिन्दगी एकल नै ठीक छ ‘ उनले भनेकी छिन्। मनीषाले आफ्नो जिन्दगीको कथा फिल्म ‘डियर माया’ कहानीसँग मिल्ने दाबी उनको छ। यो फिल्म चाँडै रिलिज हुँदैछ।

Next Post

प्रहरीको गाडी दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

९ जेष्ठ २०७४, मंगलवार १२:०३
सुर्खेत, । कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । दुर्घटनामा २५ जना प्रहरी घाइते भएका छन् । वीरेन्द्रनगर-१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु […]