वरिष्ठ नेता माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

मिसनन्यूज संवाददाता ६ श्रावण २०७८, बुधबार २२:०७

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’ पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ ओलीले अघि भने, ‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । हामीलाई पार्टीबाट निकाल्न ?’ उनले केन्द्रीय कमिटीमा बहुमत दिनुपर्ने माग मान्न तयार नभएको प्रष्ट पारे ।

Next Post

सामाजिक संजालले मारेपनि विजय शाही घरमै भेटिए

६ श्रावण २०७८, बुधबार २२:०७
सुर्खेत- तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै […]