चिकित्सा शिक्षा विधेयकका लागि संशोधन प्रस्ताव दर्ता

१५ श्रावण २०७५, मंगलवार १९:०१

काठमाडौं – सरकार र डा गोविन्द केसीबीच भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ। नेकपाका तीन सांसद र कांग्रेसका दिलेन्द्रप्रसाद बडु, गगन थापाले उक्त विधेयकमाथि मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन दर्ता गरेका हुन्। प्रस्तावमा जम्मा आठवटा संशोधन परेका छन्।

गत बिहीबार राति सरकारी पक्ष र डा केसीबीच भएको सहमतिअनुसार विधेयक संशोधनका लागि नेकपाका संसद शान्ता चौधरी, देव गुरङ, कृष्णभक्त पोखरेलले मंगलबार संसद सचिवालय सिंहदरबारमा पेस गरेका हुन्। त्यस्तै उक्त विधेयकमा संशोधनका लागि नेपाली कांग्रेका सांसद गगन थापाले पनि संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ।

Next Post

आवको अन्त्यमा अत्यधिक खर्च ठूलो रकम भ्रष्टाचार

१५ श्रावण २०७५, मंगलवार १९:०१
काठमाडौं – गत शनिबार ३६ लाख रुपैयाँ घूस लिएको रकमसहित भवन तथा सहरी विकास कार्यालय रूपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परे । रकम लिएर वीरगन्ज जाँदै गर्दा ठाकुरकी पत्नीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लियोे । -सोही दिन एक लाख रुपैयाँ घूस लिँदै गर्दा तम्घास–सिमलटारी–प्युठान सडक आयोजना, गुल्मीका […]