औपचारिक रूपमै ताेडियाे सिन्डिकेट

२५ बैशाख २०७५, मंगलवार ०७:५९

काठमाडौँ —आइतबार मध्यरातमा यातायात मन्त्रालय र व्यवसायीबीच विधिवत रुपमा नै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ । यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीहरुले यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव लगायत विभागका महानिर्देशकसँग सिन्डिकेट अन्त्य गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरी सहमति गरेका छन्।

उनीहरुले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउँदै जारी बन्द–हडतालका सम्पूर्ण कार्यक्रमहरु औपचारिक रुपमा फिर्ता लिँदै सरकारको कदमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। आइतबार सरकार र व्यवसायीबीच भएको सम्झौता बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल समेत गठन गर्ने सहमति भएको बताए। यस्तै सहमति अनुसार एउटा मात्रै सवारी भएका व्यवसायीले पनि निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउने छन्।

Next Post

खल्ती बजेट पुर्‍याउन अर्थमन्त्रीलाई सकस : ‘नदिएर हुँदैन, दिन पुग्दैन’

२५ बैशाख २०७५, मंगलवार ०७:५९
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक वर्षको बजेट छरितो र प्रभावकारी बनाउने प्रयासमा लागेका छन्। उनले बजेट छलफलमा आउने सबै सम्वद्ध अधिकारीहरूलाई यसै गर्नसमेत आग्रह गरेका छन्। ठूलो बजेट ल्याउन नसक्ने अवस्थामा रहेको सरकारले जनताले महसुस गर्ने र उत्पादनमूलक क्षेत्रमा प्रभाव पर्ने गरी ल्याउनुपर्ने दबाब छ। ‘हामीले त […]