प्रकाशकीयः जनमानसको विश्वास, पत्रकारिताको मिसन

मिसन न्यूज ८ श्रावण २०८२, बुधबार १३:१२

‘मिसन न्युज साप्ताहिक’ ले आफ्नो गौरवपूर्ण ९ वर्षे यात्रालाई पार गर्दै १० औँ वर्षमा प्रवेश गरेको छ । समयको हिसाबले ९ वर्ष सायद छोटो लाग्न सक्छ, तर नेपालको दुर्गम कर्णालीजस्ता क्षेत्रका सन्दर्भमा हेर्दा यो यात्राले ऐतिहासिक महत्व राख्छ । संसाधन, संर चना र अवसर सीमित भएको अवस्थामा पनि निष्पक्ष, तथ्यमा आधारित र जनमुखी पत्रकारिताको अभियानले दशकतर्फ पाइला चाल्न हामो लागि मात्र होइन, सम्पूर्ण पाठकमाझको सामूहिक उपलब्धि हो ।

‘मिसन न्यज’ को यात्रा केवल पिन्ट संस्करणमा सिमित छैन । हामीले युगअनुसार आफ्नो स्वरूपलाई समयसापेक्ष बनाउँदै www.missionenews.com नामको अनलाइन संस्करण पनि नियमित रूपमा सञ्चालन गरिरहेका छौं । यसले हामीलाई डिजिटल पहुँचका माध्यमबाट देश–विदेशमा रहेका पाठकसँग प्रत्यक्ष जोडिन सघाएको छ । हामी गर्वका साथ भन्न सक्छौं, ‘मिसन न्यज’ आज पदेशस्तर मा ‘ख’ वर्गमा वर्गीकृत मिडिया संस्था हो, जसले विश्वसनीयता र स्थायित्वको प्रमाण दिएको छ । हामो मूल उद्देश्य पारम्भदेखि नै स्पष्ट रह्यो । पत्रकारितालाई जागिर होइन, जनताको मिसन बनाउने ।

त्यसैले हामीले सधैं जनताको आवाज उठायौं, सत्ता–विपक्ष कसैको अनुहार होइन, क्रियाकलापको मूल्यांकन ग¥यौं । सशासन, पारदर्शिता, सामाजिक न्याय र ग्रामीण जनजीवनका मुद्दाहरू हाम्रो कलमको केन्द्रबिन्दु बने । यस लामो यात्रामा हामीले थुप्रै चुनौती र अवरोधको सामना ग¥यौँ । राजनीतिक हस्तक्षेप, आर्थिक संकट, भौगोलिक कठिनाइ र कहिलेकाहीं सामाजिक गलत बुझाइहरू पनि । तर, तपाईंहरू हाम्रा पाठक, विज्ञापनदाता, लेखक, सम्वाददाता, शुभेच्छक र समर्पित सहकर्मीहरू जसले सधैं साथ दिनभयो, विश्वास गरिरहनुभयो, त्यसैले आज हामी अझ उचाइमा छौं ।

अबको दशक अझै चनौतीपूर्ण हने छ । डिजिटल मिडिया झन पतिस्पर्धात्मक बन्दैछ, सूचना प्रवाह झन गतिशील हुँदैछ । यस पृष्ठभूमिमा हामी अझ जिम्मेवार, तथ्यपरक र गहिरो विश्लेषणमा आधारित पत्रकारिताको प्रतिबद्धता जनाउँछौं । १० औं वर्षको प्रवेश हाम्रो लागि नयाँ संकल्प हो । सत्यको साथमा, जनताको पक्षमा अगाडि बढ्ने अठोट गर्दछौ ।

                                                                               प्रकाशकः बेस्ट कर्णाली मिडिया प्रालि

Next Post

उत्तराखण्डको बाढीमा जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता

८ श्रावण २०८२, बुधबार १३:१२
जाजरकोट । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो […]