काठमाडौँ । पोखरामा उद्घाटन राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनमा वकिल बमको चर्चा चलिरहको छ । काठमाण्डौ ठमेल निवासी वकिल बमको सचिव पदमा भिड्ने तयारी छ ।
पोखरामा जेठ ९ गते उद्घाटन भएको महाधिवेशनमा युवा संघको नयाँ नेतृत्व चयन हुने भएपछि बलमे सचिवमा दावि गरेका हुन । राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बमले सचिव पदमा सवै प्रतिनिधिले साथ दिन आग्रह गरेका छन् ।
बमले युवा नेतृत्वको सम्भावना, संगठनको रणनीति र कार्यनीतिप्रति स्पष्ट दृष्टिकोण रहेकाले आफुलाई सबैले यस पटक साथ दिने बताए ।
उनले केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, सचिवालय सदस्य हुँदै अहिले केन्द्रीय सचिवमा दावि प्रस्तुत गरेका छन् ।


