पार्वती सिँह –
आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार, महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । सन १९१० मा कोपेनहेगेनमा महिलाहरुको नेतृत्वमा महिला माथीको विभेद अन्त्यका लागि समान रुपमा कामको समान ज्याला, महिला समानता र सम्मानलाई संस्थागत गर्नका लागि ८ मार्च लाई अन्तर्रािष्ट्रय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव जर्मनीको माक्र्सवादी नेतृ क्लारा जेटकिनले प्रस्ताव राखे संगै त्यो प्रस्ताव १९११ देखि विश्वभर ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेको इतिहास छ ।
माक्र्सवादी महिला नेतृले शुरु गरेको अभियान र श्रमिक महिला दिवस लाई संसारभरिका पुजीवादी महिलाहरुले समेत साथ र समर्थन दिदै उत्साह र उमंगका साथ मनाउन थालीएको छ । श्रमिक महिला दिवस को लक्ष्य उदेश्य भनेकै आधा आकाश र आधा धर्ती ओगटेका महिला हरु लाई महिला भएकै कारणले शारीरिक, मानसिक ,आर्थिक सामाजिक र राजनीति रुपमा विभेद र अपमानित नहुन्, पुरुष सरह, समान हैसियत, समान कानुन र ब्यवहार हुनुपर्छ भन्ने हेतुले नेपालमा पनि १०४ बर्ष जहानिया राणा शासन हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासम्म आइपुग्दा लामो समय देखी संघर्षरत यीनै ठुला–ठुला आन्दोलनबाट प्राप्त राजनीतिक परिवर्तन र उपलब्धि जुन रूपमा नेपाल ले हासिल गरेको छ ।
यो रंगिन इतिहास लेखन मा महत्वपूर्ण भुमिका निर्वाह महिलाहरु गरे आफ्नो ज्यानको बाजी राखेर अब पुरुष सरह हरेक अवसर मा महिलाको आधा हिस्सा अनिवार्य कायम गरेको विषय आज एक दिन हैन एक इतिहास नै रचिएको छ । उत्पीडनको जाँतोले पिसिएका महिलाहरुले अब अधिकारका लागि संघर्ष गर्न जरुरी छ । मानिसका सम्पूर्ण सफलताको साधक संघर्ष हो । मागेर वा रोना याचना गरेर पाएको सफलतालाई संघर्ष मान्न कदापि सकिँदैन । उत्साह, हिम्मत, साहस, आटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ ।
मलाई लाग्दैन कि, यहाँ फेरि अर्को आन्दोलन को आदिहुरी सिर्जना गर्नु पर्छ । वस यति गरौ जुन संबैधानिक र कानुनि रूपमा महिला हकहितका अधिकार हरुलाइ पुर्ण रूपमा व्यबहाररत कार्यान्वयन गर्न आवश्यक छ । अनि मात्र ८ मार्च सफल र अग्रज महिला हरुले गरेको बलिदानी उपलब्धिका रूपमा हुने बिश्वासमा छु म । नत्र भने श्रमिक महिला दिवस पछिल्ला बर्षहरुमा हेर्दा ठुलो धन राशी खर्च गरेर विभिन्न पार्टि पेलेसहरुमा भब्य रूपमा ८ मार्च मनाएको देखिन्छ ।
शहरका ठुला होटेलमा मनाएको श्रमिक दिवसले ग्रामिण बस्ती कि ती आमा दिदी बहिनीलाई के फाइदा होला र ? ८ मार्च संबैधानिक र कानुनि रूपमा प्राप्त महिला हकअधिकार लाई संस्थागत गर्दै अरुबाट हैन, आफैबाट तयार हौं । पुरुषलाई सामाजिक चेतनाको बिकास गर्दै महिलालाई चुलोचौकाको ठेकेदार नसम्झी अगाडि बढाउन हौसला गरांै । महिला माथी हुने विभेदको खुलेरै अन्त्यका लागि एक जुट हांै । महिला भएकै कारण कुनै पनि विभेदको सामाना गर्न नपरोस् । देश तथा बिदेश मा हुने सम्पूर्ण दिदिबहिनी दाजु भाइ लाई श्रमिक महिला दिवस को शुभकामना छ प्रकट गर्दछु ।
लेखक सिँह नेपाल कम्युनिस्ट पार्टी कालिकोटकी जिल्ला कमिटी सदस्य हुन् ।