रास्कोट नगरपालिकामा बराल भिड्दै, घरदैलो अभियानमा एमाले

६ बैशाख २०७४, बुधबार १२:१५

कालिकोट : नेकपा एमालेले जिल्लाको रास्कोट नगरपालिकामा मेयरको उम्मेदवारमा टुंगो लगाएको छ । मनिराज बराललाई मेयरका लागि टुंगो लगाएको हो । बराल बडिमालिका माविका प्राचार्य तथा रास्कोट बहुमुखी क्याम्पसका प्रमुख पनि हुन् । रास्कोट नगर कमिटीले बराल लगायतका कालीबहादुर शाही र तुलाराज सिम्खाडाको सिफारिस जिल्ला कमिटीमा गरे पनि अन्ततः बरालको सहमतिमा टुंगो लागेको पार्टी स्रोतले बताएको छ । मेयरको टुंगो लागेपछि एमालेले रास्कोट नगरपालिकामा मत माग्दै घरदैलो अभियान संचालन गरेको छ ।

जिल्लामा सवै पार्टीको केन्द्रविन्दु बनेको नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रको प्रतिस्पर्धा हुँदैछ । मेयरको टिकट पाएका मनिराज बरालले भने, ‘मेरो पक्षमा एमालेका सवै नेता कार्यकर्ताले हार्दिकता देखाएकै काराण मलाई मेयर पदमा उम्मेदवार बनाएका हुन् ।’ सवैको सहयोगले आफ्नो पक्षमा जित हुने बरालले दावी गरेका छन् । ३१ पर्षसम्म अध्यापनमा व्यस्त रहेका बराल पेशागत महासंघका केन्द्रिय सदस्य समेत रहेका छन् ।

उनि एमाले निकट शिक्षक संगठनको पुर्व जिल्ला अध्यक्ष हुन् । जिल्लाका तिन वटा नगरपालिका मध्य रास्कोट नगरपालिकामा मात्र मेयर उम्मेदवारको टुंगो लागेको एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले बताए । उनले भने, ‘केहि दिनभित्रै सवै नगरपालिका र गाउँपालिकामा टुंगो लाग्छ ।’ रास्कोट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले मेयरको टुंगो लगाएको छैन् ।

नेकपा एमाले रास्कोट नगर कमिटीले वडा नम्वर – ९ फुकोटमा वडा कमिटीको कार्यालय उद्घाटन सहित ताम्ती र बालुखेतबाट घरदैलो चुनावी अभियान सुरु गरेको छ । जिल्लामा ६ वटा गाउँपालिका र तिन वटा नगरपालिका रहेका छन् ।

ताम्ती गाउँमा मत माग्दै, मेयर उम्मेदवार मनिराज बराल ।
ताम्ती गाउँमा मत माग्दै, मेयर उम्मेदवार मनिराज बराल ।

Next Post

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

६ बैशाख २०७४, बुधबार १२:१५
काठमाडौं— कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जिकिर गरे। […]

You May Like