प्रकाशकीयः हाम्रो मिसन आठौं वर्षमा

पवित्र शाही ३ श्रावण २०८०, बुधबार १३:५९

मिसन न्यूज साप्ताहिक पत्रिकाले समृद्धिका लागि यात्रा थालनी गरेको आठ वर्षमा प्रवेश गरेको छ । कर्णालीमा आमसञ्चारका माध्यमको महत्व झनै बढेर गइरहेको बेला मिसन न्युजको पनि यात्रा रोकिएको छैन । २०७३ साउनबाट प्रकाशन सुरुआत गरेको पत्रिका निरन्तर प्रकाशन भर्ईरहेको छ । बेस्ट कर्णाली मिडिया प्रालिद्धारा प्रकाशित मिसन न्युज साप्ताहिक, मिसन ईन्युज अनलाइन पत्रिका नियमित रुपमा प्रकाशन तथा प्रसारणमा छन् ।

दुर्गमको विभिन्न चुनौतिहरु छिचोल्दै त्यसैमा लोप हुँनै लागेको छापा माध्याम पछिल्लो समय खोज पत्रकारिताको साहाराले अग्रसर बनेको छ । आमसञ्चारका माध्यम जिम्मेवार र न्यायपक्षधर भएमा सकारात्मक परिणाम प्राप्त हुनसक्छ भन्ने आम विश्वास छ । यस्तो खालको निष्कर्षलाई तथ्यहरुले नै प्रमाणित गर्दै आइरहेको पनि छ ।

एउटा पत्रिका, श्रव्यरदृश्य माध्यम, अनलाइन वा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार, रिपोर्ट, सम्पादकीय वा आलेखले समाजमा व्यापक प्रभाव पार्न सक्छ । त्यसले शक्तिशालीहरूबाट हुने मनपरी मात्र होइन, प्राकृतिक र दैवी विपत्तिसमेत रोक्न सक्छ । स्वतन्त्र सञ्चारमाध्यमको बलियो उपस्थिति भएको लोकतन्त्रमा भोकमरी र अनिकालका बिरलै उदाहरण छन् । कर्णालीको दुर्गम जिल्ला कालिकोटबाट प्रकाशनको प्रारम्भ गरिएको मिसन न्युज साप्ताहिक अहिले सात वर्ष पुरा गरि आठ बर्षको खुट्किला टिक्दै छ । केहि अवसर र चुनौतीको सामना गर्दै हाम्रो समृद्धिको मिसन अगाडी बढिरहेको छ ।

पछिल्लो समयमा नेपाली पत्रकारिता र किडियम त्यसैमा छापा माध्यम र सामाजिक सञ्जालले निर्वाह गरेको भूमिकाले पनि सञ्चारमाध्यम कति शक्तिशाली छन् भन्ने प्रस्ट देखिन्छ ।

सूचना प्रविधिको तीव्र विकासका कारण आम सञ्चार माध्यमको परिधि पनि दिन प्रतिदिन फैलँदै गएको छ । सूचनाको पहुँच सहज र छिटो छ । हिजोको तुलनामा सञ्चारमा लगानी बढिरहेको छ । ब्रोडसीट दैनिक, त्यतिकै सब्ख्यामा टेलिभिजन च्यानल, सयौं एफएम प्रशारण र साप्ताहिक र पाक्षिक पत्रिकाको व्यापक बढेदो क्रम छ ।

प्रविधि, प्रतिभा, पैसा र प्रभाव सकारात्मक भए पनि नेपाली मिडियाको पक्षधरता भने शंकास्पद रहँदै आएको छ । विगत केही दशकयता सञ्चारमाध्यम विज्ञापनले धानेको व्यवसाय बनेको छ । यो स्वाभाविक हो । तर, यसले सञ्चार माध्यमको समग्र नीतिमै हस्तक्षेप गर्न थालेको छ । जसका कारण यसमा निकै डरलाग्दा विकृति भित्रिएका छन् । कर्पोरेड मिडिया संस्कृतिले सञ्चार माध्यमलाई असमानताको नयाँ हतियारमा परिणत गरेको छ ।

विज्ञापनदाता र उच्चवर्गका उपभोक्तालाई लक्षित गरेर आमसञ्चारका माध्यमले समाचार र विचार प्रवाह गरिदिँदा समाजमा रहेको निम्नवर्ग र सीमान्तकृत समुदाय अलगावमा पर्दै गएको छ । उनीहरूको आवाज मुखरित हुन सकेको छैन । एकातिर नेपालका ठूला सञ्चार घराना आफनो पुँजीगत स्वार्थका लागि‘मिडिया स्टन्ट’ पनि गरिरहेका छन् । अनि अर्कोतिर मुलुकका ज्वलन्त मुद्दाहरूमा आँखा चिम्लिरहेका छन् । संघीयताजस्ता जल्दाबल्दा विषयमा देखिएको नकारात्मक दृष्टिकोण यसको जल्दोबल्दो उदाहरण हो । मुख्यधार भनेका सञ्चारमाध्यम कर्पोरेट क्षेत्रका अनियमिततामाथि अनुसन्धानमूलक रिपोटिङ्ग गर्न तयार देखिनन् किनकि ती उनीहरूका विज्ञापनदाता हुन् । अर्कोतिर राज्य पनि सञ्चार माध्यमलाई विभिन्न ढंगले नियन्त्रण गर्ने प्रयासमा लागिरहेको देखिनु झनै दुःखद कुरा हो । यसरी धन र प्रलोभनको बलमा सत्यतथ्य नै बंग्याइनु र कतिपय समयमा असत्य समेत प्रस्तुत गरिनु नेपाली सञ्चारमाध्यमको रोग नै बनेको छ ।

त्यसैगरी, छिपछिपेपना, गालीगलौज, ब्ल्याकमेलिङ्ग आदि समस्याबाट पनि नेपाली सञ्चारजगत निकै ग्रस्त देखिन्छ । अझ बजारमा छ्याप्छ्याप्ति भेटिने केहि पत्रिकाका समाचारको विश्वसनीयता त निकै कमजोर बन्दै गएको छ । मिडियामा गरिब निमुखाका आवाज कमै सुनिन्छ । तिनका आवाज बोलेको हुँ भन्नेहरूले पनि ढंग पु¥याएर बोल्न सकेको देखिँदैन । अलिकति प्रगतिशीद्य र निष्पक्ष भनिएका सञ्चारमाध्यमको व्यवस्थापन निकै कमजोर रहने गरेको छ । यस्तो न्याय र मानवीय हितमुखी गम्भीर आमसञ्चारका माध्यमको खडेरी भइरहेको बेला कर्णालीको कालिकोट र सुर्खेतबाट प्रकाशन भईरहेको ुमिसन न्युज साप्ताहिक’ले आफ्नो समृद्धिको लागि सहयात्रा सुरु गरेको सात वर्ष पुरा गरि आठ वर्षमा प्रवेश गरेको छ । खोजमुलक वस्तुगत र प्रगतीशील पत्रिकारिता हाम्रो मूल अभीष्ट हो ।

मिसन न्युजको सामग्रीमा कर्णालीको विकास र राजनीति, समाज, अर्थतन्त्र, संस्कृति र यसमा उत्पन्न हुने विकृतिमाथि कलम त चलाउने नै छौं, त्यसबाहेक मोफसलमा रहेर मोफसलकै मुद्दालाई प्राथमिकतामा राख्न चुक्ने छैनौं । हामी कर्णालीको कालिकोट सुर्खेत केन्द्र बनाएर पत्रकारिता गरिरहेका छौं । वास्तवमा कर्णाली हाम्रो कर्मको इपिसेन्टर हो । हामी यहाँको सवाललाई केन्द्रीय सवाल बनाउन क्रियाशील छौं ।

हाम्रो समाज र कर्णालीको मुद्दा हाम्रा प्राथमिकता हुनेछन् । हाम्रो यो यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि कृतज्ञ छौं । आउँदा दिनमा मिसन न्युजको प्रगति र सफलताका लागि पाठक, प्रबुद्धवर्ग र अन्य सम्बद्ध पक्षको निरन्तर सहयोगको अपेक्षा गर्दछौं । प्रकाशनको सुरुवातदेखि नै प्रेस काउन्सिलको ‘ख’ वर्गमा नियमित वर्गिकरणमा पर्दै आएको छ । अन्तमा पुनः पाठकवर्ग र विज्ञापनदाता र मिसन न्युज पत्रिकामा आवद्ध सहकर्मी सबैमा धन्यबाद प्रकट गर्दछौ ।

पवित्र शाही
प्रकाशक/सम्पादक

Next Post

नलगाडका पूर्व कर्मचारीद्वार अढाई लाख बढी राहत संकलन

३ श्रावण २०८०, बुधबार १३:५९
सुर्खेत – भूकम्पबाट प्रभाबित रहेको जाजरकोट नलगाड नगरपालिकाका पूर्व कर्मचारीले राहत संकलन गरेका छन् । नगरपालिकामा काम गरेका पूर्व कर्मचारीको सामुहिक समन्वय, सहयोग र अग्रसरतामा दुई लाख ८५ हजार ७११ रुपैयाँ राहत संकलन गरेका हुन् । संकलिल राहतमध्ये अन्यबाट एक लाख ७८ हजार ५३४ रुपैयाँ र नगरपालिका पूर्व कर्मचारीहरुबाट एक […]