दैलेख- लोक तथा दोहोरी गायीका सपना शाही असारे चटारोमा व्यस्त छन् । उनि किसानसँगै खेतवारीकाे रोपाइमा रमाएर व्यस्त रहेकी छन् । उनले फोटो खिच्नलाई मात्र खेतवारीमा गएकि हैनन् । उनले खेतमा गएर रोपेको पक्का नै हो । रोपाइमा हिलो र धानको विउसँग रमाउँदै फोटो खिचाई रहेकी छन् । सपनाको शिक्षण पेशा भए पनि घरमा आफन्तलाई असारे काममा सघाउ छिन् ।
दैलेख ठाटीकाँध गाउँपालिका — ६ घर भएकी सपनाको गाउँमा यतिबेला असारे रोपाईको निकै रौनकता छाएको छ । उनको छडाथान गाउँमा रहेको खेतमा किसानहरु रोपाइमा व्यस्त छन् । सपनाको खेतमा मात्र नभई छडाथानवासीले रोपाई गरिरहेका छन् । रोपाईमा व्यस्त रहेका किसानलाई रोपाईका गीत गाएर सपना खुसी पार्छन् । ठुला सास्कृतिक कार्यक्रम र खुला मंचसँगै म्युजिक भिडियो र अडियो रेकडिङ्ग स्टुडियोमा गाउँने उनि आजभोली किसानसंगै खेतमा गाउँछन् ।
दिनमा विद्यालयमा बालवालिकालाई पढाउने जाने र विहान बेलुका रोपाईमा सघाउने गरेको कलाकार शाहीले बताईन् । उनले भनिन् ‘खेतबारीमा आफन्तहरुसँग रोपाई गर्दै समय गएको पत्तो नै हुँदैन ।’ सपनाले भनिन् ‘बर्षभरीको मानो छरेर मुरी उब्जाउने बेला रोपाईमा व्यस्त हुनु स्वभाभिक हो । विद्यालयमा शिक्षक र दर्शकलाई र स्रोतालाई मनोरञ्जन दिन कलाकार भए पनि असारको बेला म किसान पनि हुन्छु ।’
स्थानीय हर्क बहादुर शाहीले सपना कलाकार र शिक्षक भए पनि असारको रोपाईमा सहयोग गर्ने गरेको सुनाए । दिनमा घाम लाग्ने र रातीको समयमा पानी पर्ने गरेकाले काममा पनि अत्यान्तै सहज भएको स्थानीय धिर्जा थापाले बताईन् । उनले थपिन, ‘कलाकार सपना भएपछि काम गरेको थकानको महशुस हुँदैन् । महिला दिदिबहीनी रमाएर रोपाई सकिन्छ ।’ मौसमले साथ दिएसंगै राष्ट्रिय कलाकार पनि हाम्रै खेतबारीमा भएकाले रमाईलो असारे रोपाई भएको स्थानीय किसान चक्र भण्डारीले बताए । यसपालीको असारे मौसम राम्रो भएको किसान बताउँछन् ।
गाउँको खेत नजिकै पानी कुलो भएकाले पानीको समस्या नभएको स्थानीयले बताए । सपनाले भनिन् ‘प्रत्येक बर्षको असारमा खेत रोपाइमा जान्छु । रोपाईमा रमाईलो लाग्छ । हिलो खेल्ने काम हुँछ । जेहोस रमाईलो असार भएको छ ।’ असारको रोपाईमा खेतमा काम गर्ने किसानलाइ मिठो—मिठो खानेकुरा पकाएर खेतमा बसेरसंगै प्रचलन रहेको छ । आठ बर्षदेखी शिक्षण पेशामा संलग्न भएकी सपनाले २ दर्जन जति लोकदोहोरी एल्बम निकाले छन् । सपनाले लोकदेउडा, दोहोरी गाउँने गर्छन् ।


